बालसुधार गृहमा लागुऔषध र कुटपिटका घटना गराउनेबारे सांसद शर्माले दिइन् यस्तो सूचना (भिडिओ) – Nepal Press

बालसुधार गृहमा लागुऔषध र कुटपिटका घटना गराउनेबारे सांसद शर्माले दिइन् यस्तो सूचना (भिडिओ)

काठमाडौं । नेकपा एमालेकी सांसद दीपा शर्माले १८ वर्ष उमेर कटिसकेपछि बाल सुधार गृहबाट अनिवार्य रुपमा कारागार चलान गर्ने कानूनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा आकस्मिक समयमा बोल्दै बाँकेको बाल सुधार गृहमा शनिवार भएको घटनाबारे जानकारी गराउने क्रममा सांसद शर्माले पटकपटक सो स्थानमा अप्रिय घटना भएको बताइन् ।

बाल सुधार गृहमा राखिएका व्यक्ति ३० वर्ष उमेरसम्म पनि त्यहिँ बस्ने र उनीहरुले बालकहरुमाथि कुटपिट गर्ने,लागु औषध बाहिरबाट निर्वाध ओसारपसार गर्ने काम भइरहेको सांसद शर्माले बताइन् ।

बाल सुधार गृहमा १८ वर्ष कटेकाहरुलाई नराख्न र बालकको परिभाषामै संशोधन गर्न समेत उनले ध्यानाकर्षण गराएकी हुन् । नेपालगन्जको बालसुधार गृहमा २५८ जना रहेकोमा ३० वर्षको उमेर पुगेकाहरु समेत बसिरहेको र उनीहरुले दमन कुटपिट र लागु औषध ल्याउने गरेको बताइन् । उनले अघिल्लो वर्ष उनीहरुबाटै एकजनाको हत्या भएको समेत जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर