‘राजागञ्ज’ को सेन्सरमा आपत्ति जनाउँदै असिमले भने- फिल्ममा लगाइएको कैँचीले सरकारको आयु पनि काटिएला (भिडिओ)


काठमाडौं । रास्वपाका सांसद असिम शाहले चलचित्र ‘राजागञ्ज’ को सेन्सरप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमाले अध्यक्षले सार्वजनिकरूपमा बोलेको भाषणलाई कुरालाई समेट्दा काटछाँट गरेको जिकिर गरे ।
‘चलचित्र रिलिजको मुखमा अनावश्यक काटछाँट गर्न लाउने प्रवृत्ति अहिले सेन्सर बोर्डमा देखिएको छ जसको शिकार पछिल्लो समय लाज शरणम, राजागञ्जलगायतका चलचित्रहरू रहेका छन् । चलचित्र समाज को आइना हो, त्यही समाजका कुरा चलचित्रमार्फत् व्यक्त गर्दा सरकारले अभिभक्ति स्वतन्त्रतामा अंकुश लाइरहेको छ’, शाहले विरोध गरे ।
सेन्सर बोर्डमा कला नबुझेका मान्छेलाई नियुक्त गरिएको उनको आरोप छ ।
उनले थपे, ‘यसरी फिल्मको सेन्सर गरी अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला होस् गर्नु ।’