मकवानपुरको वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्व – Nepal Press

मकवानपुरको वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्व

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा रहेको वंशगोपाल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको छ ।

स्ववियुको सभापतिमा एमाले निकट अनेरास्ववियुका दिवस सिलवाल चयन हुँदा उपसभापतिमा राप्रपा निकट राप्रविसंकि सजना घिमिरे, सचिवमा अनेरास्ववियुका सुवास राई, कोषाध्यक्षमा माओवादी निकट अखिल क्रान्तिकारीका आयुषा बुढाथोकी तथा सह–सचिवमा काङ्ग्रेस निकट नेविसंघका आषिश भोलन सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यहरुमा अनेरास्ववियुका निश्चल गजुरेल, सन्तोष पुडासैनी, पुजा लम्साल तथा सुशील तिमल्सिना निर्विरोध हुँदा अखिल क्रान्तिकारीका आयुषा बुढाथोकी र समाजवादी निकाट अनेरास्ववियूकी शुष्मा गौतम चयन भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर