सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान, बम्पर उपहार आईफोन१६ – Nepal Press

सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान, बम्पर उपहार आईफोन१६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफ१ सफ्टसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौं’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन१६ प्राप्त गर्न सक्नेछन् ।

यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवद्र्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने हो । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस अभियानमा सहभागी हुन ग्राहकहरूले सीटीजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु १०० को मोबाइल टपअप र कम्तीमा रु ५०० को फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नेछन् ।

अभियान अन्तर्गत हरेक हप्ता १०० जना विजेताले रु १०० को मोबाइल टपअप प्राप्त गर्नुहुनेछ । त्यसैगरि अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन१६ प्रदान गरिने बैंकले जनाएको छ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गतेसम्म सञ्चालन हुनेछ ।

सिटिजन्स बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गर्दछ । थप जानकारीका लागि नजिकको सिटिजन्स बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको औपचारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरू हेर्न सकिन्छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ ९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर