राष्ट्रपतिले गरे ४ विधेयक प्रमाणीकरण

२०८१ चैत ३ गते १७:०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयहरू राष्ट्रपतिबाट आइतबार प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ ।
प्रमाणीकरण गरिएका विधेयकहरूमा सुरक्षित कारोबार ऐनलाई संशोधन गर्ने बनेको विधेयक, ई-कमर्ससम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनको संशोधित विधेयक रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर