सरकारसँग वार्ताका लागि ‘नो केबलकार’ समूहले बनायो अर्को समिति

२०८१ चैत ३ गते १७:३३

विराटनगर । ‘नो केबलकार’ समूहले सरकारसँग वार्ताको लागि फेरि वार्ता टोली बनाएको छ ।
‘मुक्कुमलुङ तासे: प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति’ ले सरस्वता सिंगकको नेतृत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको हो ।
अन्तरदलीय संघर्ष समितिमा १३ वटा पहिचानवादी संस्था र ११ वटा दल आवद्ध छन् । सरकारद्वारा गठित वार्ता टोली ले २ दिन अघि पनि वार्ताका लागि आह्वान गरेको थियो ।
जसमा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोदेखि, पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावतीसम्म छन् ।
प्रतिक्रिया
काम गर्न नदिने यी भाडाका टट्टु हुन् । प्रहरीको डण्डा नै यिनको लागि उपयुक्त हुन्छ । यी सबै दलाल, भाडाका टट्टु हुन् ।