केन्द्रीय समितिको बैठक बोलाउने रास्वपाको निर्णय – Nepal Press

केन्द्रीय समितिको बैठक बोलाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बोलाउने निर्णय गरेको छ ।

यद्यपि त्यसको मिति, स्थानलगायतका विषयमा भने चाँडै जानकारी दिने जनाएको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा महाधिवेशनका विषयमा भइरहेका गतिविधिका विषयमा पनि जानकारी लिने दिने काम भएको पार्टीले जनाएको छ ।

उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान राष्ट्रिय राजनीतिबारे बैठकमा जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर