मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्तमा सर्वोच्चद्वारा कारण देखाउ आदेश


जनकपुरधाम । मधेस कृषि विश्वविद्यालयको उपकुलपति डा. बैद्यनाथ महतो र रजिष्ट्रार भगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
विश्वविद्यालयका सिनेटको बैठकले गत फाल्गुन २० मा उपकुलपति डा. महतो र रजिष्ट्रार ठाकुरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उपकुलपति सर्वोच्चमा रिट हालेका थिए ।
उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधश बालकृष्ण ढकालको इजलासले मधेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । साथै बर्खास्त गर्नुको कारणसहित छलफलका लागि चैत १२ गते बोलाइएको छ ।
उपकुलपति डा. महतो र रजिष्ट्रार ठाकुरलाई जसपा नेपालको तत्कालिन मुख्यमन्त्री लावबाबु राउतले नियुक्त गरेको थियो । तर सरकार परिवर्तन भएर जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री भएपछि विश्वविद्यालयको भवन शिलान्यासको विवादलाई निहुँ बनाएर उपकुलपति डा. महतो र रजिष्ट्रार ठाकुरलाई बर्खास्त गरेको आरोप लागेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वविद्यालयको भवन शिलान्यासको गरेपछि जनमत पार्टीले विरोध गरेको थियो । शिलान्यासकै विवादका कारण वर्तमान सरकार विश्वविद्यालयको बजेट समेट कटौती गरेपछि अहिले कर्मचारीहरु समेत तलब पाएका छैनन् । विद्यार्थी भर्ना रोकिएको छ । भर्ना भएका विद्यार्थीको भविष्य पनि संकटमा परेको छ ।
जनमतका सिंह मुख्यमन्त्री बनेपछि विश्वविद्यालयमा अनियमितता भएको भन्दै नीति आयोगका उपाध्यक्ष सोहन साहको संयोजकत्वमा छानविन समिति बनाएको थियो । उक्त समितिको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन् ।
यिनलाई अधिकार यस्तै भाँडभैलो गर्न चाहिएको हो । यो सबै राम्रो गर्न होईन कसले लुटने भन्ने झगडा हो ।