नेपाल कमर्स क्याम्पसका बीबीएस टपर विशाल रोकाहा स्ववियू सभापतिको दौडमा


काठमाडौं । कुनै बेला नेता उत्पादन गर्ने नर्सरी मानिने नेपाल कमर्स क्याम्पस मिनभवनमा १७ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यसपटक हुँदैछ ।
इतिहासदेखि एमालेनिकट अनेरास्ववियुले जित्दै आएको नेपाल कमर्स क्याम्पसमा यसपटक पनि विरासत कायम राख्न अघि सरेका छन् विशाल रोकाहा । अनेरास्ववियुले विशाल रोकाहाको नेतृत्वमा प्यानल खडा गरेको छ ।
राजनीतिसँगै पढाइमा पनि अब्बल रहेका विशालले नेपाल कमर्स क्याम्पसबाट बीबीएसमा सर्वोत्कृष्ट स्थान हासिल गरेका थिए । उनी हाल व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।
स्नातक र स्नातकोत्तर तहमा उनी सधैँ क्याम्पसमा उत्कृष्ट हुँदै आएका छन । पढाइ सँगसँगै उनि साहित्य सिर्जना, वाचन तथा कार्यक्रम सञ्चालनमा समेत सक्रिय छन् ।
स्ववियू सभापतिको उम्मेदवारको रूपमा विद्यार्थिबीचमा जाँदै गर्दा उनले नेपाल कमर्स क्याम्पसलाई व्यवस्थापन संकायको उत्कृष्ट क्याम्पसको रूपमा विकास गर्ने तथा स्ववियू कोषलाई आम विद्यार्थीहरूको शैक्षिक उन्नतिका क्षेत्रमा चलायमान बनाउने योजना अघि सारेको बताए ।