महोत्तरीमा लुटेराले सुन पसल लुटे, सुरक्षा माग्दै व्यापारीले गरे बजार बन्द

२०८१ चैत ४ गते ११:४३

जनकपुरधाम । जीप चढेर आएका लुटेराको समूहले महोत्तरीमा सुनचाँदी पसल लुटेपछि व्यापारी आन्दोलित बनेका छन् ।
बलवा नगरपालिका-३ पडौल बजारस्थित सुनचाँदी पसल (शिवशान्ति ज्वेलर्स) मा लुटपाट भएको हो । लुटेराहरूले २० तोला सुन, १ लाख ५० हजार नगद, लकर र क्यामराको हार्डडिस्क समेत लगेको पसल सञ्चालक अरुणकुमार साहले बताए ।
स्थानीयका अनुसार शनिबार राति पसल लुट्न जीप चढेर ५ जना लुटेरा आएका थिए । उनीहरू बर्दिबासतर्फ भागेको अन्य पसलको सीसीटीभी क्यामेरामा कैद भएको छ ।
प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको भन्दै व्यापारीले बजार बन्द गरेका छन् । सडकमा टायर बालेर उनीहरू प्रदर्शनमा उत्रिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर