सिन्धुपाल्चोककी सुमिनाको इराकमा मृत्यु, शव नेपाल झिकाउन सांसद सापकोटाको माग (भिडिओ)

२०८१ चैत ४ गते ११:४०

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ८ मानेश्वाराकी सुमिना तामाङको शव इराकबाट नेपाल झिकाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै वैदेशिक रोजगारीमा गएकी तामाङको इराकबाट शव नेपाल झिकाउन पहल गर्न सरकारसँग माग गरे।
उनले भने, ‘उहाँका श्रीमानले मृत शरीरलाई नेपाल झिकाउनको लागि निवेदन दिनुभएको छ। त्यसैले उहाँको शवलाई नेपाल झिकाउन आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अगाडि बढाउन र क्षतिपूर्ति दिलाउनको लागि सरकारसँग माग गर्दछु।’
प्रतिक्रिया
One thought on “सिन्धुपाल्चोककी सुमिनाको इराकमा मृत्यु, शव नेपाल झिकाउन सांसद सापकोटाको माग (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
12 बर्षे आतंककारी युद्दको परिणाम हो, गणतन्त्रको फल हो यो । जनता बेचेर घर चलाउने बूद्दी भएका नेता भएसी यस्तै हो।