श्याम घिमिरे र रघुजी पन्तको अभिव्यक्तिप्रति राप्रपा सांसद सिंहको आपत्ति (भिडिओ)


काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पर्यटक भित्र्याउन यौन व्यवसाय सञ्चालन गर्ने प्रस्ताव राखेकोप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको हिजोको बैठकमा बोल्दै घिमिरेले यौन व्यवसाय सञ्चालन गरे आर्थिक र पर्यटक पनि बढ्ने बताएका थिए।
त्यसबारेमा सिंहले भने, ‘यस्तो व्यवसाय सरकारले नै चलाउने दिन आएको त होइन। यो देश प्रकृतिको सुन्दर देश हो। यही दिनको लागि गणतन्त्र ल्याएको हो ? यही दिनको लागि राजा फ्याँकेको हो।’
उनले हिजो एमालेका सांसद रघुजी पन्तले सदनमा झूटो विवरण सुनाएर पार्टीका सांसद ज्ञानेन्द्र शाहीको मानहानि गरेको आरोप लगाए।
उनले मर्यादाहीन तरिकाले पेस भएको भन्दै रेकर्डबाट हटाएर सांसद पन्तलाई सचेत गराउन माग गरे।