फिसिङ गर्नेहरूले बैंक खाताबाट पैसाहरू लैजान सक्छन्, सतर्क भएर कारोबार गर्नू: गभर्नर   – Nepal Press

फिसिङ गर्नेहरूले बैंक खाताबाट पैसाहरू लैजान सक्छन्, सतर्क भएर कारोबार गर्नू: गभर्नर  

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबारले जोखिम पनि बढाएका भन्दै यसमा सतर्कता  अपनाउन आग्रह गरेका छन् । आइतबार ग्लोबल मनि विक २०२५ को उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले यस्तो अनुरोध गरेका हुन् ।

‘पछिल्लो समय डिजिटल ट्रान्जेसन व्यापक बढिरहेको छ । राष्ट्र बैंकले डिजिटल कारोबारलाई अत्यन्तै प्राथमिकता पनि दिइरहेको छ । यस क्षेत्रमा भइरहेको सुधारले हामी सन्तुष्ट भइरहेका छौँ । तर, डिजिटल कारोबार बढेसँगै यसका जोखिम पनि गर्न बढिरहेकोले सतर्कता अपनाउनु आग्रह गर्दछु’, गभर्नर अधिकारीले भने ।

डिजिटल माध्यमबाट हुने फ्रडबाट बच्नुपर्ने गभर्नर अधिकारीले बताए ।

उनले भने, ‘डिजिटल कारोबार गरिरहँदा कयौँ ठाउँमा हामी कम्परमाइज गर्न सक्छौँ । कतिपय ठाउँमा हामीले ख्याल नगर्न सक्छौँ । जसको फलस्वरूप हामीलाई लस हुन सक्छ । फ्रड गर्नेहरूले फ्रड गर्न सक्छन् । फिसिङ गर्नेहरूले हाम्रो अकाउन्टबाट पैसाहरू लैजान सक्छन् । त्यस्तो अवस्थामा सतर्क भएर डिजिटल कारोबार गर्न सकिन्छ ।’

त्यस्तै, आफूले गरेको आम्दानी बैंक मार्फत सुरक्षित बचत गर्न उनले आग्रह समेत गरे । बैंकको खातामा भएको रकम जति सुरक्षित अरू नहुने भएकाले यसमा खातावालहरूले पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर