सचिवमा बढुवा नभएपछि असन्तुष्ट संगिताले गुहारिन् अदालत – Nepal Press

सचिवमा बढुवा नभएपछि असन्तुष्ट संगिताले गुहारिन् अदालत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रले अदालत गुहारेकी छन् ।

उनले शुक्रबार नै रिट दायर गरेकोमा सर्वोच्चले आइतबार कारण देखाउ आदेश जारी गरेको छ । डा. मिश्रले तीनजना अतिरिक्त सचिवमा आफू वरीयता तथा कार्यसम्पादनमा अघि रहेको र बढुवा सिफारिस समितिले पनि आफूलाई पहिलो नम्बरमा सिफारिस गरेको रिट निवेदनमा उल्लेख गरेकी छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलबाट आफू पटक-पटक अन्याय तथा अपमानमा परेको भन्दै उनले राजीनामा समेत माग गर्दै आएकी थिइन् ।

आइतबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाउ आदेशका साथै छलफलका दुवै पक्षलाई बोलाएको छ । गत फागुन २१ गतेको क्याविनेटले डा. विकास देवकोटालाई सचिवमा नियुक्त गरेको थियो । वरीयतामा देवकोटाभन्दा मिश्र अगाडि थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *