पीकेकी बागी भूपीलाई नेविसंघको आधिकारिकता, पुर्णिमायाको प्यानललाई बहालवाला सभापतिको साथ


काठमाडौं । नेविसंघले पद्मकन्या क्याम्पसको आधिकारिक उम्मेदवार टुंग्याएको छ । बागी उम्मेदवारी दिएकी भूपी ऐरलाई नै संगठनले आधिकारिक उम्मेदवार बनाएको हो ।
यअसघि नेविसंघले पुर्णिमाया परियारलाई सभापति उम्मेदवार बनाएपछि ऐर बागी उठेकी थिइन् ।
यसअघि आधिकारिकरुपमा उम्मेदवारी दर्ता गराएकी पुर्णिमाया परियारलाई वर्तमान सभापति ज्योति पनेरुले साथ दिएकी छन् । ज्योतिले पुर्णिमा सभापति र विपना न्यौपाने सचिव रहेको प्यानल नै नेविसंघको आधिकारिक भन्दै मत मागेकी छन् ।
तर, आधिकारिक उम्मेदवार विवादपछि अध्ययन गर्दा पद्मकन्या क्याम्पसमा नेविसंघ केन्द्रीय समितिको नाम पेश भएको पत्र आधिकारिक नभएको पाइएको र नेविसंघको आधिकारिक समर्थन ऐरको नेतृत्वमा दर्ता भएको प्यानललाई रहेको अध्यक्ष दुजाङ शेर्पाले बताए ।
ऐर हालको स्ववियू सचिव र परियार सदस्य हुन् । ऐर कांग्रेस महामन्त्री गगन थापानिकट मानिन्छिन् ।