पूर्वराजालाई सिटौलाको सुझाव- गाडीमा उभिएर ताली खाँदै जनता नभड्काऊ (भिडिओ) – Nepal Press

पूर्वराजालाई सिटौलाको सुझाव- गाडीमा उभिएर ताली खाँदै जनता नभड्काऊ (भिडिओ)

'हामीले दिएको सम्मानमा बस्न सक्नुपर्छ, होइन भने म राजनीतिक खेलाडीको रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ'

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको टिप्पणी गरेका छन् ।

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा सिटौलाले पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु नै उचित हुने बताए । तत्कालीन अवस्थामा आफू गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा ज्ञानेन्द्र शाहसँग वार्ता गरेर निवास र सुरक्षा प्रबन्धको ज्ञारेन्टी गरेको सिटौलाले स्मरण गरे ।

अहिले आएर म केही गर्छु भनेर गाडीमा उभिएर ताली खाँदै र दिँदै हिँड्नु स्वभनीय भएन । हामीले उहाँलाई दिएको सम्मान ग्रहण गरिरहनु उचित हुन्छ । होइन भने जनतासामु म राजनीतिक खेलाडीको रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ । राजा आउँछ भन्ने सन्देश दिएर जनतालाई भड्काउने काम भएको छ । र, त्यसमा परिवर्तनकारी दलहरूको जुन किसिमको दृढता हुनुपर्ने हो त्यो भने देखिरहेको छैन’, उनले भने ।

परिवर्तनको पक्षधर राजनीतिक दलहरू एकताबद्ध भएर उभिने बेला आएको सिटौलाले बताए । सिटौलाले संविधान जारी भइसकेपछि अहिलेसम्मको अवस्थामा आइपुग्दा सबै दलले आलोपालो सरकारको नेतृत्व गरेकाले अब संविधानको कार्यान्वयनको समीक्षा गर्ने बेला भएको उनले जोड दिए ।

‘समावेशी लोकतन्त्र, संघीयताको निर्मम समीक्षा गरौं, जनताको आवश्यकताका आधारमा अब संविधान संशोधन गर्न ढिलाइ गर्नु हुन्न’, सिटौलाले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर