आरआरमा अनेरास्ववियुको तालाबन्दी (तस्बिरहरु)
२०८१ चैत ५ गते ६:४०

काठमाडौं । रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावको अघिल्लो दिन तालाबन्दी गरिएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियूको गठबन्धनले तालाबन्दी गरेको हो ।
नेपाल विद्यार्थी संघले आरआर जस्तो लालकिल्ला ठानिएको क्याम्पसमा चुनाव हार्ने डरले मध्यरातमा तालाबन्दी गरिएको आरोप लगाएको छ ।
अनेरास्ववियु र ओरास्ववियूले भने निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक डिजिटल कार्डहरु प्रशासनबाटै जारी भएको आरोप लगाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर