त्रिचन्द्र र अमृत साइन्स क्याम्पसमा स्ववियू निर्वाचन स्थगित – Nepal Press

त्रिचन्द्र र अमृत साइन्स क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पस र अमृत साइन्स क्याम्पसमा आज सम्पन्न हुने भनिएको स्ववियू निर्वाचन स्थगित भएको छ ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर पनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएका कारण निर्वाचनको माहोल नभएको निर्वाचन अधिकृत डा. अंगदमणि गौतमले बताए ।

प्रतिकूल परिस्थितिमा सबै उम्मेदवार प्रतिनिधिहरूसँगको छलफलपछि निर्वाचन स्थगित गरिएको उनले बताए ।

उता अमृतमा पनि तालाबन्दी कै कारण चुनाव स्थगित भएको हो । क्याम्पस हाताभित्र होहल्ला र झडपको अवस्था सिर्जना भएकाले सुरक्षा चुनौती मध्यनजर गर्दै चुनाव स्थगित गर्नुपरेको नि।क्याम्पस प्रमुख डा होम बहादुर बानियाँले बताए ।

भोलि सबै संगठनहरुको छलफल राखिएको र सहमति अनुसार निर्वाचनका बाँकी प्रक्रिया अगाडि बढाइने उनले बताए ।

उनका अनुसार आजबाट नियमित रुपमा पठनपाठन भने सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर