भूकम्पको धक्का महसुस, अछाम केन्द्रबिन्दु – Nepal Press

भूकम्पको धक्का महसुस, अछाम केन्द्रबिन्दु

काठमाडौं । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर