एनसीसीमा यस्तो छ चुनावी माहोल (तस्बिरहरू) – Nepal Press

एनसीसीमा यस्तो छ चुनावी माहोल (तस्बिरहरू)

काठमाडौं । उपत्यकाका अधिकांश क्याम्पसहरूमा विवादका कारण स्ववियू चुनाव स्थगित भए पनि नेपाल कमर्स क्याम्पसमा भने सुरु भएको छ ।

अहिले विद्यार्थीहरू मतदानका लागिमा सहभागी भइरहेका छन् । शान्तिपूर्ण तरिकाले लाइनमा बसेर उनीहरू आफ्नो पालो कुरिरहेका छन् ।

एनसीसी बाहेक महेन्द्र क्याम्पस ताहाचल, थापाथली इन्जिनियरिङ क्याम्पस, कान्तिपुर कलेज थलि, शहिद आदर्श कलेज, नर्सिङ क्याम्पस, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था आयुर्वेद, जनप्रशासन क्याम्पस बल्खु, काठमाडौं इन्जिनियरिङ क्याम्पस कालिमाटीमा चुनाव भइरहेको छ ।

काठमाडौंका बानेश्वर बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस र त्रिचन्द्रमा विवादले चुनाव स्थगित भएको छ । आरआर क्याम्पसमा पनि तालाबन्दीका कारण प्रभावित भएको छ । बानेश्वरमा चुनाव सुचारु गराउन अहिले छलफल जारी रहेको छ ।

यस्तै पद्मकन्या र त्रिभुव विश्वविद्यालयमा ८ गते निर्वाचन तय भएको छ ।

शंकरदेव, नेपाल ल, विश्व भाषा, कोटेश्वर क्याम्पस, सरस्वती र पब्लिक युथमा चुनाव स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर