नेविसंघलाई जिताउन सरकारी गाडी दुरुपयोग गरी मैदानमा उत्रिए गाउँपालिका अध्यक्ष (भिडिओ) – Nepal Press
स्ववियू चुनाव

नेविसंघलाई जिताउन सरकारी गाडी दुरुपयोग गरी मैदानमा उत्रिए गाउँपालिका अध्यक्ष (भिडिओ)

अनेरास्ववियुले विरोध जनायो

रुपन्देही । रुपन्देहीको फर्साटिकरस्थित यद्योदय दूधनाथ थारु बहुमुखी क्याम्पसमा स्ववियू चुनावको मतदान चलिरहँदा शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल सरकारी गाडी लिएर मैदानमै आएका छन् । नेविसंघका उम्मेदवारको पक्षमा माहोल बनाउन सरकारी गाडी दुरुपयोग गरी बस्याल मतदानस्थलमै आएपछि अनेरास्वयिुले विरोध जनाएको छ ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले सरकारी सम्पत्तिको दुरुपयोग गरी विद्यार्थीको चुनाव प्रभावित बनाउन बस्याल आचार संहिता विपरीत लागेको भन्दै आपत्ति व्यक्त गरे ।

कांग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका बस्याल नेविसंघका उम्मेदवारलाई जिताउन प्रचारमा लागेको र निर्वाचनमा बसेका कर्मचारीलाई प्रभावित बनाउन खोजेको आरोप अनेरास्ववियुले लगाएको छ । यहाँ नेविसंघ, अनेरास्ववियु, र अखिल क्रान्तिकारी सिंगल सिंगल भिडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर