२५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भरियामात्र, सुन तस्करीमा यसअघि पनि परेका थिए जेल – Nepal Press

२५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भरियामात्र, सुन तस्करीमा यसअघि पनि परेका थिए जेल

काठमाडौं । प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । उक्त ट्रक टोखाको झोरबाट प्रहरीले बरामद गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसो पत्रकार सम्मेलन गरेर उक्त रकम रसुवागढीको केरुङ नाका हुँदै चीनतर्फ लग्दै गरेको सूचनाको आधारमा बरामद गरिएको जनाएको छ । सोक्रममा ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् ।

उनी यसअघि नै ७ किलो सुन तस्करी अभियोगमा ५ वर्ष जेल बसेर आएको खुलेको प्रहरीले जनाएको छ । हिजो राति ११ बजे ठूलो परिमाणमा यूरो तथा डलर रसुवा गढी नाका चीन कटाउन लागिएको सूचना प्रहरीलाई आएको थियो ।

ना.१ ख १६५२ नम्बरको मालबाहक ट्रक शंका लागेर रोकेर कार्यालयमा ल्याई खानतलासी गर्दा ट्रकको ड्राइभर बस्ने क्याबिनको ‘बोनट’ मा फल्स बटम बनाई लुकाइएको अवस्थामा भेटिएको प्रहरी अधिकारीले बताए । लामा भरियाको रूपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अमेरिकी डलर ३ हजार ११९ ५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८सय ५० रूपैयाँ बढी रहेको छ । अनुसन्धान अधिकृतहरुको अनुसार लामा राजश्व छलि तथा सुन चोरी पैठारी अभियोगमा पक्राउ परेका हुन् ।

उनले त्यतिबेला ५ वर्ष कैद भुक्तान गरेर छुटेका थिए । उनलाई महाशाखाले नै पक्राउ गरेको थियो । उनलाई राजश्व विभाग हरिहर भवन पठाइने छ । उनी भरियाको रुपमा मात्रै रहेको अनुसन्धानबाट खुलेको छ ।   प्रहरीले पुरानाे  घटना र अहिलकाे घटनालाई केन्द्रमा  राखेर अनुसन्धान गरिने  उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर