अर्घाखाँचीमा सुरु भयो प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता


रुपन्देही । लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता अर्घाखाँचीमा सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन हुनुअघि बाजागाजा सहित झाँकी र र्याली निकालिएको थियो । चैत ८ गते प्रतियोगिताको समापन गरिने छ ।
प्रतियोगितामा ११ जिल्लाका खेलाडी भाग लिएका छन् । भलिबल खेलमा प्रथम हुनेलाई १ लाख नगद ट्रफी र मेडल, त्यस्तै द्वितीय पुरस्कार ६५ हजार, तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार दिइने प्रदेश खेलकुद परिषद् लुम्बिनीले जनाएको छ ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट ६ विधामा जनही ५ हजार रुपैयाँ दिइने प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणराज गौतमले जनाए ।