१७ मतदाता रहेकाे रिडी क्याम्पसमा १४ मत खस्यो, १० मत ल्याएर अनेरास्ववियुकाे प्यानल विजयी – Nepal Press

१७ मतदाता रहेकाे रिडी क्याम्पसमा १४ मत खस्यो, १० मत ल्याएर अनेरास्ववियुकाे प्यानल विजयी

रुपन्देही । गुल्मीको रिडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

मंगलबार भएको निर्वाचनमा अनेरास्ववियुका धनबहादुर कुमाल १० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)की उम्मेदवार सदिक्षा पौडेलको पक्षमा ४ मत परेको छ ।

त्यसैगरी अनेरास्ववियुबाटै सचिवमा आठ मत प्राप्त गरी बविता घिमिरे र कोषाध्यक्षमा १० मत प्राप्त गरी सृष्टि बगाले निर्वाचित भएका छन् । अखिल (क्रान्तिकारी) को तर्फबाट सचिव उम्मेदवार शुशिला थापाको छ तथा कोषाध्यक्ष उम्मेदवार बिनिता थापाको ४ मत आएको क्याम्पस प्रमुख रोहित भण्डारीले जानकारी दिए ।

अध्यक्षमा विजयी कुमाल नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार हुन् । रिडी बहुमुखी क्याम्पसमा १७ मतदाता रहेकोमा निर्वाचनको तोकिएको मिति दिउँसो २ बजेसम्म १४ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर