नेविसंघको निर्देशन- तालाबन्दी तोडेर रोकिएका क्याम्पसमा निर्वाचनको वातावरण बनाउनू – Nepal Press

नेविसंघको निर्देशन- तालाबन्दी तोडेर रोकिएका क्याम्पसमा निर्वाचनको वातावरण बनाउनू

काठमाडौं । नेविसंघले क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका क्रममा विभिन्न क्याम्पसहरूमा भिन्नभिन्न कारण देखाई तालाबन्दी हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध हुनगएको बिषयप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियाका दौरान सृजना भएका समस्यालाई स्वाभाविक रुपमा ग्रहण गर्दै उचित समाधान सहित मतदानको सुनिश्चितता गर्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, नेपाल विद्यार्थी संघ लोकतान्त्रिक प्रक्रियाको पक्षधर संगठन मात्र नभई पहरेदार भएको नाताले पनि निर्वाचन प्रक्रिया सहज बनाउन प्रतिबद्ध छ । निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला विभिन्न संघ–संगठन, समूह र स्वतन्त्र उम्मेदवारहरु द्वारा गरिएका तालाबन्दी तोडेर जुनसुकै बहानामा गरिएको भएतापनि निर्वाचनको वातावरण सहज बनाउन र सम्बाद मार्फत समस्या सुल्झाउन सम्बद्ध सवै पक्षलाई हार्दिक आव्हान गर्दै ने।बि।संघ मातहतका विभिन्न इकाई एव आवद्ध बिद्यार्थी नेता साथीहरु समेतलाई यसै बिज्ञप्ति मार्फत निर्देशन गरिन्छ ।

स्ववियु निर्वाचनलाई भयमुक्त, शान्तिपूर्ण, निष्पक्ष, र लोकतान्त्रिक ढंगले सम्पन्न गराउनका लागि सबै सरोकारवालाहरूलाई आरोप–प्रत्यारोप नगरी भएका कमजोरीलाई आत्मसाथ गर्दै संयमित भई निर्वाचन प्रक्रियालाई अवरुद्ध गर्ने कार्यहरू नगर्न, नगराउन र गर्न नदिन आग्रह गरेका छन्।

 स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता लागि त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धि निर्देशिका, २०८१ को दफा १२ ९८० बमोजिम चैत्र २० अर्थात १५ दिनभित्र मिति तोकेर रोकिएको चरणबाट निर्वाचन प्रक्रिया सुचारु गर्न प्रतिबद्ध रहेको उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर