स्ववियु: गौरीगञ्जमा सत्तारुढ गठबन्धन विजयी


विराटनगर । झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सत्ता साझेदार दलको निकट विद्यार्थी संगठनहरुको गठबन्धन प्यानल विजयी भएको छ ।
अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट सभापति पदमा नेविसंघका रोशन यादवले ४६ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार लालदेव यादवले २९ मत ल्याएका छन् । त्यस्तै अखिल क्रान्तिकारीकी मोहिनी राजवंशीले २२ मत पाएकी छन् ।
त्यस्सै सचिवमा अनेरास्ववियुका डिल्लीराम पौडेलले ४२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अभिषेक राजवंशीले ३३ मत ल्याएका छन् त्यस्तै अखिल क्रान्तिकारी का रोहित ठाकुरले २२ मत ल्याएका छन् ।
कोषाध्यक्ष पदमा अनेरास्ववियुका मुजेफर मियाले ३९ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीकी लिजा गिरीले ३३ मत ल्याएकी छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार नितु यादवले २४ मत पाएकी छन् ।
त्यतै सदस्य पदमा अनेरास्वबियुका युगेश कटुवाल ले ५१ मत ल्याएर विजयी भएका छन् भने नेविसंघका डिल्ली राजवंशीले ४८ मत र नेविसंघकै इशा राजवंशीले ३८ मत ल्याइ विजयी भएकी छन् । सदस्य पदमा स्वतन्त्र उम्मेदवारहरु लक्ष्मी गौतमले २४ प्रज्वल खनालले २५ र महिमा राजवंशीले १८ मत पाएका छन् भने क्रान्तिकारीकी हनिसा ताजपुरियाले २१ सँयज मुर्मुले १७ र अस्मिता राजवंशीले २० मत पाएका छन् ।
समानुपातिक तिर नेविसंघ ४० मत अखिल क्रान्तिकारीले ३० मत र अनेरास्ववियुले २४ मत पाएका छन् ।जम्मा १०० मतदाता रहेको कयाम्पसमा ९७ मत खसेको थियो । सो क्याम्पसमा सरकारको नेतृत्व गरिरहेका दलहरु नेपाली कांग्रेस र एमालेका भातृसंगठनहरु नेविसंघ र अनेरास्ववियुले गठकन्धन गरेर उम्मेदवारको प्यानल खडा गरेका थिए ।