माओवादीसँग मिलेर सरकार बनाउने चर्चा कांग्रेसद्वारा खारेज, महत भन्छन्- इस्यूमा एकैठाउँ छौं – Nepal Press

माओवादीसँग मिलेर सरकार बनाउने चर्चा कांग्रेसद्वारा खारेज, महत भन्छन्- इस्यूमा एकैठाउँ छौं

काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै चर्चा नभएको प्रष्टीकरण दिएको छ । बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा प्रवक्ता डा. प्रकाशशरण महतले अहिले पार्टीभित्र सर्वदलीय सरकार बनाउने कुनै विषय नउठेको बताए ।

उनले भने, ‘अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा छन् । त्यसैले सरकारमा आउँदा गणतन्त्रपक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति छैन । यो इस्यूमा सबै एकैठाउँमा छौँ ।’

उनले कांग्रेस र माओवादी मिलेर सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको बताए । बैठकले व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्णरूपमा क्रियाशील हुने निष्कर्ष निकालेको बताए ।

महतले भने भने, ‘राजावादीको बारेमा सामान्य समीक्षा भयो, हामीले जारी गरेको संविधान नेपाली जनताले नै निर्माण गरेको हो । यो जनताले बनाएको संविधानबाट सरकार सञ्चालित छ । यो उपलब्धिको रक्षा गर्ने कुरा हो । निर्वाचित जनप्रतिनिधिले नै शासन गरेर आएको व्यवस्थाको रक्षा गर्ने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर