सुवेदीको संयोजकत्वमा समिति बनेकोप्रति राप्रपा नेपाल ‘खुशी’, उपाध्यक्ष पठाउने निर्णय
समितिले गर्ने आन्दोलनलाई राप्रपा नेपालले सघाउने

२०८१ चैत ५ गते १८:०९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनका लागि निर्देशक समिति गठन भएको प्रति खुशी व्यक्त गरेको छ । तर, पार्टीका अध्यक्ष कमल थापा उक्त समितिमा नबस्ने भएका छन् ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । समितिमा अध्यक्षको स्थानमा उपाध्यक्ष तारानाथ लुईंटेललाई पठाउने निर्णय भएको प्रवक्ता राजाराम बर्तालो बताए ।
समितिको नेतृत्वमा हुने आन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया