स्ववियु निर्वाचन: लुम्बिनीमा नेविसंघ पहिलो हुँदा अनेरास्ववियु दोस्रो, क्रान्तिकारी तेस्रो, विप्लव चौथो – Nepal Press

स्ववियु निर्वाचन: लुम्बिनीमा नेविसंघ पहिलो हुँदा अनेरास्ववियु दोस्रो, क्रान्तिकारी तेस्रो, विप्लव चौथो

राप्रपा, अखिल छैठौं र स्वतन्त्रले एक एक क्याम्पसमा जित्दा नेकपा एसको शून्य

रुपन्देही । लुम्बिनी प्रदेशका क्याम्पसमा भएको निर्वाचनमा सबैभन्दा अगाडि नेविसंघ रहेको छ । प्रदेशमा रहेका १४६ मध्ये ७ आंगिक र ८८ सामुदायिकसहित ९५ क्याम्पसमा मात्रै निर्वाचन प्रकृया अघि बढेको थियो तर केही क्याम्पसमा निर्वाचन प्रकृया सुरु भएपनि विवादका कारण रोकिएको छ ।

पछिल्लो परिणामअनुसार नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो, क्रान्तिकारी तेस्रो, विप्लव चौथो भएका छन् । यहाँ छैठौ, राप्रविसंघ र स्वतन्त्रले एकएक क्याम्पसमा जितेका छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य टिआर पाण्डेका अनुसार लुम्बिनीमा सबैभन्दा धेरै कलेजमा उसले जित निकालेको छ । नेविसंघले २६ क्याम्पसमा जित्दा अनेरास्ववियुले २२ वटा क्याम्पसमा जितेको छ । संगठनका प्रदेश अध्यक्ष सन्तोष बाँठामगरका अनुसार सर्वसम्मत र निर्वाचन भएकामध्ये २२ वटा क्याम्पसहरुमा जितेको र केही क्याम्पसहरुमा अत्यन्तै कम मतान्तरमा पराजित भएको हो । केही क्याम्पसमा निर्वाचन रोकिएको छ ।

नेपाल विद्यार्थी संघले जितेका क्याम्पसहरु

१. पाल्ही बहुमुखी क्याम्पस पश्चिम नवलपरासी
२. त्रिभुवन क्याम्पस प्रतापपुर पश्चिम नवलपरासी
३. दिब्यज्योती बहुमुखी क्यामपस बर्दघाट पश्चिम नवलपरासी
४. महेन्द्र बहुमुखी क्याम्पस दाङ
५. रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी
६ चन्द्रकोट बहुमुखी क्याम्पस गुल्मी
७ मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी
८. रुरु संस्कृत विद्यापीठ गुल्मी
९ जनज्योति बहुमुखी क्याम्पस गुल्मी
१०. सत्यवती बहुमुखी क्याम्पस गुल्मी
११ सदाशिव बहुमुखी क्याम्पस बर्दिया
१२. बाँसगढी बहुमुखी बर्दिया
१३. अमर सहिद बर्दिया
१४. अम्बिकेश्वरी क्याम्पस बर्दिया
१५. भिक्टोरिया कलेज बर्दिया
१६ पृथु टेक्निकल कलेज दाङ
१७. सिद्धपृथ्वी क्याम्पस बर्दिया
१८. गोरखा कलेज दाङ
१९ ज्ञानदीप कलेज दाङ
२०. यगोदय दुधनाथ थारु फर्साटिकर रुपन्देही
२१ सिद्धार्थ बहुमुखी क्याम्पस कपिलवस्तु
२२. गौतमबुद्ध बहुमुखी क्याम्पस कपिलवस्तु
२३. कपिलवस्तु बहुमुखी क्याम्पस कपिलवस्तु
२४. हरैया बहुमुखी क्याम्पस रुपन्देही
२५. लिलाधर घिमिरे जनता कलेज छपिया रुपन्देही
२६. प्यूठान बहुमुखी क्याम्पस प्यूठान

अनेरास्ववियुले जितेका क्याम्पसहरु

१. महेन्द्र बहुमुखी क्याम्पस बाँके केशरजंग शाह
२. नेपालगन्ज नर्सिङ क्याम्पस बाँके देवर्चना अधिकारी
३. ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरा बाँके सर्बिन महतो
४. दर्छा क्याम्पस पाल्पा अनिषा कोइराला
५. माण्डव्य क्याम्पस पाल्पा सौगात कोइराला
६. उद्बुद्ध कलेज पाल्पा कृष्णा झापुर्लुक
७. दिगाम आदर्श बहुमुखी क्याम्पस गुल्मी उषा पाण्डे
८. रिडी बहुमुखी क्याम्पस गुल्मी घनबहादुर कुमाल
९. देवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देही अश्विन न्यौपाने
१०.सहिद नारायण पोखरेल क्याम्पस रुपन्देही विज्ञान पाण्डे
११. बर्दिया बहुमुखी क्याम्पस बर्दिया दुर्गा खत्री
१२. मैनापोखर शारदा क्याम्पस बर्दिया सागर खत्री
१३. जनसेवा बहुमुखी क्याम्पस बर्दिया प्रदीप खड्का
१४. मनुषा टिकासिंह थापा क्याम्पस बर्दिया धिरेन्द्र धिताल
१५. वाणगंगा बहुमुखी क्याम्पस कपिलवस्तु शिव शर्मा (शिशिर)
१६. फलारीबाबा बहुमुखी क्याम्पस कपिलवस्तु विष्णु यादव
१७ं नेपाल आदर्श बहुमुखी क्याम्पस कपिलवस्तु उपेन्द्र कहाँर
१८. समयथान बहुमुखी क्याम्पस कपिलवस्तु केशव गैरे
१९. अमर क्याम्पस प्यूठान जीवन रोकामगर
२०. पद्मोदय क्याम्पस दाङ दीपक पाण्डे
२१. दाङ भ्याली क्याम्पस दाङ
२२. कलेज अफ साइन्स दाङ
२३ स्वर्णिम कलेज दाङ

अनेरास्ववियु क्रान्तिकारीले जितेका क्याम्पसहरु

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन १० क्याम्पसमा विजयी भएको छ । सो संगठनका प्रदेश अध्यक्ष पुस्कार शर्माका अनुसार सर्वसम्मत ५ र निर्वाचनबाट ५ कलेजमा गरी १० कलेजमा क्रान्तिकारीका उम्मेदार विजयी भएका हुन् ।

१.राप्ती इञ्जिनियरिङ कलेज दाङ
२. मार्क कलेज, दाङ
३. पुरन्धारा बहुमुखी क्याम्पस दाङ
४. ज्ञानसिन्धु कलेज दाङ
५. मेट्रो कलेज दाङ
६. त्रिुभवन बहुमुखी क्याम्पस पाल्पा
७. श्रृंगेश्वर क्याम्पस गुल्मी
८. ऐरावती बहुमुखी दाङ
९. गुरास बर्दिया
१० सिस्ने रुकुम

विप्लव निकट अखिल समाजवादीले जितेका क्याम्पसहरु

नेकपा विप्लव निकट अखिल समाजवादी विद्यार्थी संगठनले ३ क्याम्पसमा जित हासिल गरेको छ ।

१ राप्ती शिक्षा क्याम्पस दाङ
२. भिएन कलेज दाङ
३ झिमरुक क्याम्पस बाग्दुला प्यूठान
४ रोल्पा नमुना क्याम्पस रोल्पा
५. सहिद स्मृति थवाङ रोल्पा

अनेरास्ववियु छैठौं

१ गौमुखी क्याम्पस प्यूठान

राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन

१. दीपशिखा कलेज दाङ

स्वतन्त्र

१ देउखुरी बहुमुखी क्याम्पस दाङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर