एसईईमा मोबाइल र स्मार्ट वाच निषेध, क्यालकुलेटर चलाउन यस्तो सर्त – Nepal Press

एसईईमा मोबाइल र स्मार्ट वाच निषेध, क्यालकुलेटर चलाउन यस्तो सर्त

काठमाडौं । एसईईमा मोबाइल र स्मार्टवाच लान निषेध गरिएको छ ।

अनुगमनका क्रममा नियन्त्रणमा लिइएका मोबाइल सामग्रीहरूको सम्बन्धमा शिक्षा ऐन २०२८ को दफा १७ (१ क) (च) मा परीक्षाको मर्यादा भंग हुने कुनै कार्य गरेमा दफा १७ (१ क) अनुसार कारबाही हुने परीक्षा बोर्डले जनाएको छ ।

यसै गरी दफा १७ (२) उपदफा १ र (१ क) लेखिएदेखि बाहेक कसैले यो ऐन वा यस ऐन अन्तरगत तोकिएको अधिकारीले सजाय गर्न सक्ने व्यवस्था रहेको छ ।

यस्तै क्यालकुलेटर प्रयोग गर्नुपर्ने विषयहरूको परीक्षामा पनि साधारण क्यालकुलेटर मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

यस्तै साइन्टिफिक क्यालकुलेटर प्रयोग गर्नै पर्ने अवस्था आएमा सञ्चित गरिएको सम्पूर्ण डाटा हटाएर मात्र प्रयोग गर्न पाइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *