पाल्पाको सहिद बहुमुखी क्याम्पसमा भत्कियो नेविसंघको ३ दशकको विरासत, अनेरास्ववियुका राजन विजयी – Nepal Press

पाल्पाको सहिद बहुमुखी क्याम्पसमा भत्कियो नेविसंघको ३ दशकको विरासत, अनेरास्ववियुका राजन विजयी

रुपन्देही । सहिद बहुमुखी क्याम्पस रामपुर,पाल्पामा ३१ वर्षपछि स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले जितेको छ ।

मतगणनामा विवाद भएपछि यहाँ प्रहरीले बल प्रयोग गरेर रोकेको थियो । बुधवार राती सहमति भएपछि मतगणना कार्य अघि बढेको हो । अनेरास्ववियुबाट अध्यक्ष राजन गौतम, सचिव विमल क्षेत्री, कोषाध्यक्ष सच्चा रेग्मीसहित प्यानल निर्वाचित भएको हो ।

स्थानीय राजाराम घिमिरेका अनुसार यहाँ ३१ वर्षपछि नेविसंघको विरासत तोडिएको हो । नेविसंघविरुद्ध अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त प्यानल बनाएका थिए ।

बुधवार सम्पन्न मतगणनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका राजन गौतमले ३१ वर्षको नेविसंघको विरासत भत्काएको घिमिरेले जनाएका छन् ।

सभापति पदमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) संयुक्त प्यानल राजन गौतम ३०१ नेविसंघ कसम मल्ल २६१ मत प्राप्त गरेका छन् । सचिव पदमा अनेरास्ववियुका विमल क्षेत्री २८२ मत ल्याउँदा नेविसंघका बन्दना गैरे २७७ ल्याएकी थिइन् ।

कोषाध्यक्ष पदमा अनेरास्ववियुका सच्चा रेग्मीले २९९ मत ल्याउँदा नेविसंघका धनकला राना २५६ मत ल्याएकी थिइन् ।

सदस्यहरूमा अनेरास्ववियुका निरुता ढेगा २६३, इन्द्र बहादुर सोति २६०, नेविसंघकासदिक्षा ढकाल २७३  शशी ढकाल २६०, सबिना भण्डारी २६१ विजयी भएका छन् । भुवन न्यौपाने- २५९ ,कमल सारु- २५८ अनिता श्रेष्ठ- २५९ उम्मेदवारहरु बसन्ती सुनारी- २५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्रका निखिल सुनार २०५ मत प्राप्त गरेका छन् । समानुपातिकतर्फ अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी २९९ र नेविसंघले २७० मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर