क्रान्तिकारीको पक्षमा लहर देखिएको भन्दै प्रचण्ड उत्साही – Nepal Press

क्रान्तिकारीको पक्षमा लहर देखिएको भन्दै प्रचण्ड उत्साही

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद भएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अध्यक्ष दाहालले भ्रष्टाचार र बेथितिका विरुद्धको पार्टीको अभियानमा सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ। विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर