सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट

२०८१ चैत ७ गते ९:३९

जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ ।
परीक्षा सुरु भएको केहि बेरमै प्रश्न पत्र आउट भएको हो । प्रश्न पत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन ।
यस विषयमा बुझ्न सिरहा जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको बासुदेव दाहालसँग सम्पर्क गर्दा हुन सकेन ।
परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएको छ । यद्यपि प्रश्न पत्र आउट भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर