‘साँगादेखि धुलिखेल सडकको व्यथा- एसईई दिन हिँडेका विद्यार्थी स्कूल पुग्दा आँखा नदेख्ने हुन्छन्’ (भिडिओ) – Nepal Press

‘साँगादेखि धुलिखेल सडकको व्यथा- एसईई दिन हिँडेका विद्यार्थी स्कूल पुग्दा आँखा नदेख्ने हुन्छन्’ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले साँगादेखि धुलिखेलसम्मको बाटोमा धुलो उडेर एसईई दिन हिँडेका विद्यार्थीको स्कुल पुग्दा आँखा नदेख्ने अवस्था हुने अवस्थामा रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले निर्माणाधीन बाटोमा दुई पटक पानी हाल्न सरकारसँग माग गरे।

उनको भनाइ जस्ताको त्यस्तै,

आजदेखि एसईई परीक्षा सुरु भएको छ। तर सरकारले केही काम गरिरहेरै एउटा समस्या भएको छ। कामभित्रको समस्या, अहिले विद्यार्थीहरूलाई कोरीबाटी गरेर स्कुल पठाउने कुरा हुन्छ। तर साँगादेखि धुलिखेलसम्म २४ सै घण्टा धुलो उड्छ।

र एसइई दिन हिँडेका विद्यार्थीको स्कुल पुग्दा आँखा नदेख्ने अवस्था हुन्छ र उसले जाँच कसरी दिन्छ। सरकारले निर्माणाधीन बाटोमा दुई पटक पानी हाल्ने काम गरोस्, गाडी दुर्घटना पनि बढिरहेको छ, सरकारले सुनेको छैन। बाइक लडिरहेको छ। तर सडक विभाग हेरिरहेको मात्रै छ।


प्रतिक्रिया

One thought on “‘साँगादेखि धुलिखेल सडकको व्यथा- एसईई दिन हिँडेका विद्यार्थी स्कूल पुग्दा आँखा नदेख्ने हुन्छन्’ (भिडिओ)

  1. ओलि सरकारमा आएपछि मात्र त्यो सडकको कामले गति लिएको छ । नबनाएर, झुलाएर, दाम खाएर राखेको त प्रचण्डले हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर