पूर्वराजाले भिडिओ सन्देशमा श्री ५ महाराजधिराज र शाही निशाना राखेकोप्रति सांसद खतिवडाको आपत्ति (भिडिओ) – Nepal Press

पूर्वराजाले भिडिओ सन्देशमा श्री ५ महाराजधिराज र शाही निशाना राखेकोप्रति सांसद खतिवडाको आपत्ति (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानविपरीत काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वराजाले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा भिडिओ सन्देश जारी गर्दा शाही निसाना राखेको पाइएको बताए ।

उनले भने, ‘नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन । त्यसैले श्री ५ महाराजधिराज राख्ने र शाही निशाना राख्नेप्रति घोर आपत्ति छ । सरकारले त्यस्ता संविधानविरोधी कार्य नगर्न अनुरोध गरोस् ।’

उनले संविधान कुन वर्गले मान्नुपर्ने कसले मान्नु नपर्ने हो रु भन्दै सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर