सुहाङको जोड- भावी पुस्तालाई उत्कृष्ट शिक्षाका लागि ठोस योजना र लगानी आवश्यक (भिडिओ)


काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले भावी पुस्तालाई उत्कृष्ट शिक्षा प्रदान गर्न सरकारको ठोस योजना र लगानी अपरिहार्य रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले इलामको शैक्षिक अवस्था र पूर्वाधारको विषयमा सरकारको ध्यानाकर्षण गराए । इलाम सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पस, आदर्श माविलगायतमा न्यूनतम मापदण्ड पूरा भएको पाइएपनि ग्रामीण क्षेत्रका माङसेबुङ, फाकफोकथुम, चुलाचुली, माई, र देउमाईमा विद्यालयमा कक्षाकोठा, पुस्तकालय, र आधुनिक प्रविधिको अभाव रहेको र यसले अध्ययन-अध्यापन प्रक्रियामा गम्भीर असर परेको उनले बताए ।
‘इलामलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न, म सरकारसमक्ष इलाममा शैक्षिक पूर्वाधारको प्राथमिकता, आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तारका लागि माग गर्न चाहन्छु’, सांसद नेम्वाङले भने ।
उनले आजदेखि सुरू एसईईमा सहभागी परीक्षार्थीलाई सफलताको शुभकामना दिए ।