‘लोडसेडिङबारे मन्त्री र कुलमानले फरक-फरक सूचना दिइरहेका छन्, सरकारले रोक्नुपर्छ’ (भिडिओ) – Nepal Press

‘लोडसेडिङबारे मन्त्री र कुलमानले फरक-फरक सूचना दिइरहेका छन्, सरकारले रोक्नुपर्छ’ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले लोडसेडिङलाई लिएर मन्त्री र प्राधिकरणका निर्देशकले फरक फरक सूचना दिएर जनतालाई भ्रम पारेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री र कार्यकारी निर्देशकले दिएर फरक फरक सूचनालाई जनताले कसरी बुझ्ने भन्दै प्रश्न गरे ।

उनले भने, ‘हिजो दुईवटा समाचार आए, मन्त्रीजी भन्नुहुन्छ लोडसेडिङ हुन्छ, सुरु भयो। अर्कोतिर कार्यकारी प्रमुख भन्नुहुन्छ लोडसेडिङ छैन हुँदैन, ढुक्क हुनुस् । एउटै सरकारबाट जनतालाई दिन खोजेको सन्देश के हो रु के आज यस्ता चिजहरू स्वभायमान छन् ? यसले देशलाई अन्योलतातिर लगिरहेको छ ।’

हिजो ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ हुनसक्ने बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङ नहुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर