राप्रपा सांसदलाई प्रधानमन्त्रीको जवाफ- चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको याद होला, हामीले अध्यावधिक गर्यौं

२०८१ चैत ७ गते १३:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिँदै १९६२ सम्म त्यो भू-भाग समेटेको नक्सा नेपालको अहिलेको जस्तै भएको बताए ।
उनले भने, ‘त्यसपछि नेपालको नक्सा किन र कसले फेरियो ? कसको सरकार र कस्तो व्यवस्था थियो ? तपाईंहरूलाई याद होला । २०७७ असार ४ गते संविधान संशोधनमार्फत् हामीले अध्यावधि गरिसकेका छौं ।’
उनले ईपीजी प्रतिवेदन नेपालले नबुझ्ने भन्ने नरहेको भन्दै पहिला भारतका प्रधानमन्त्रीले बुझेपछि नेपालले पनि बुझ्ने बताए ।
प्रतिक्रिया