नेपाल प्रहरीमा १० डीआईजी बढुवा हुँदै, २२ जना एसएसपी छन् दाबेदार – Nepal Press

नेपाल प्रहरीमा १० डीआईजी बढुवा हुँदै, २२ जना एसएसपी छन् दाबेदार

काठमाडौं । नेपाल प्रहरीमा रिक्त ६ एआईजीको बढुवालगत्तै हुने डीआईजी बढुवाका निम्ति एसएसपीहरुको दौडधुप शुरू भएको छ ।

चैत ४ मा तत्कालीन आईजी वसन्तबहादुर कुँवरसहित अवकाश हुने क्रममा रिक्त रहेको ६ एआईजीमा त्यति नै संख्याका डीआईजी बढुवा हुँदा रिक्त डीआईजीको पद १० हुन्छ । त्यसमध्ये ४ पद अहिल्यै रिक्त छ ।

१० डीआईजीको पद रिक्त हुँदा त्यसका निम्ति योग्यता पुग्नेको संख्या २१ र प्रतिस्पर्धी पनि त्यति नै छन् । २०७९ असार २५ मा एसएसपी बढुवा हुने ६ जना र २०८० वैशाख २४ का १५ जनामध्येबाट १० जनाको छनौट हुनुपर्ने हो । त्यसमध्ये २०७९ मा एसएसपी भएकामध्ये प्रायः डीआईजी भइसकेका छन्, केही अवकाश भए । ६ जना डीआईजी हुने वरीयतामा अगाडि छन् ।

राष्ट्रिय अनुसन्धान विभाग (राअ) बाट सेवा परिवर्तन गरी प्रहरी सेवामा प्रवेश गरेकामध्ये बुटवल तालिम केन्द्रमा कार्यरत माधवप्रसाद श्रेष्ठ, अख्तियारका ओमबहादुर रानासहित सुरेन्द्रबहादुर गुरुङ र विमल बस्नेत डीआईजीका दाबेदार हुन् । भर्ना मिति २०५४ चैत १८ भएको नेपाल प्रहरीको १११ टोलीका सुदर्शनप्रसाद कोइराला र दिपक रेग्मी बढुवायोग्य छन् ।

यद्यपि, जब जब बढुवाको क्रम शुरु हुन्छ, तब तब नेपाल प्रहरीमा राअको विवाद झिक्ने गरिन्छ । राअको टोली भने २०५६ पुस ५ गते अधिकृत दर्जामा भर्ना भएका थिए ।

डीआइजी बढुवाका लागि योग्यता पुगेको अर्को टोली हो, २०८० वैशाख २४ का १५ जना एसएसपी । तत्कालीन बढुवाक्रमको वरीयताका आधारमा विश्व अधिकारी पहिलो नम्बरमा छन् । सोही बढुवाको वरियताको दोस्रोदेखि ९ नम्बरका अधिकृत हुन्, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा ।

उक्त बढुवामा एसएसपी भएका गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन पनि डीआईजी बन्ने योग्यताका अधिकृत हुन् । तर, रिक्त संख्या कम हुँदा उनीहरुको सम्भावना कम देखिन्छ ।

यसमध्ये हाल जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुख रहेका अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख राठौरको शुरू भर्ना २०५५ कात्तिक १ हो, बाँकी सबै २०५६ असार ३ भर्ना मिति भएका हुन् ।

यही टोलीको, तर एसएसपी बढुवाको दोस्रो सूचीका वसन्त रजौरे पनि डीआईजी बढुवाका निम्ति दौडधुपमै छन् । उनी २०८० कात्तिक २४ मा एसएसपी बढुवा भएका हुन् । उनीसँगै बढुवा हुने सबै एसएसपी अवकाश भइसके ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर