प्रचण्डसँग संवाद गर्न प्रयासरत् छु : प्रधानमन्त्री (भिडिओ)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन प्रमुख प्रतिपक्ष दलको नेतासँग आफू सम्पर्कको प्रयासमा रहेको उनले बताए ।
उनले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु । यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु तर मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्य केही समस्या भएको सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु । उहाँसँग सम्पर्क हुनासाथ काम अगाडि बढाइनेछ ।’
माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा बारा छन् ।
के देखियो भने :
१. प्रचण्डले यो र यस्तो गीत (गिरिजाले गरेको भरोसा, सान्ति सम्झौताको हस्ताक्षर कर्ता, सान्ति प्रक्रियाका बाकि काम …..) गाइ रहेर दिन र समय कटाउने र दुनियाँ ढाट्ने काम चालु छ !!
२. यस्तो प्रवृत्तिका मान्छे : समस्या देखाउछन तर समाधान गर्न चाहदैनन् किन भने त्यो देखाएर फेरी अर्को चुनावमा आफ्नु महत्व देखाउनु छ र आशे मतदातालाई भुल्याउनु छ !! नत्र ६ महिनामा सक्ने भनिएको द्वन्द ब्येवस्थापनको काम २०७२ साल देखि अहिले सम्म कत्ति वर्ष भयो : किन आफै प्रयास नगरेको अनि गरेको प्रयासलाई किन असहयोग गरेको: टारेको र असफल पारेको ??
३. यो जनता झुक्याउने अनि समस्या समाधान गरेर अग्रगतिमा जाने बाटो रोक्ने काम बन्द गर प्रचण्ड !!!