मनिष झालाई ओलीको प्रतिप्रश्न- देशको आर्थिक अवस्था जटिल ठाउँमा यो आठ महिनामा पुगेको हो ? (भिडिओ) – Nepal Press

मनिष झालाई ओलीको प्रतिप्रश्न- देशको आर्थिक अवस्था जटिल ठाउँमा यो आठ महिनामा पुगेको हो ? (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सांसद मनिष झालाई तथ्यमा आधारित भएर प्रश्न सोध्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा झाले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्न प्रश्नकोरूपमा आए जवाफ दिन सजिलो हुने तर आरोपको रूपमा आएपछि खण्डन गर्ने बाध्यता आइलागेको बताए ।

सांसद झाले प्रधानमन्त्रीले नियुक्त गरेका कर्मचारीको असक्षमताले सरकार फेल भएको जिकिर गरेका थिए ।

झाको प्रश्न थियो ‘तपाईँले नियुक्त गरेका कर्मचारीको असक्षमताका कारण सरकार फेल भएको तथ्य स्वीकार्नु हुन्छ ? तिनीहरूलाई कहिलेसम्म कारवाही गर्नुहुन्छ ।’

उनले आफूले आफ्नो भनेको र नातागोताका मान्छे कतै नियुक्त नगरिएको दाबी गर्दै सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्ने बताए ।

सरकारले मेरिटोक्रेसीका आधारमा कर्मचारीहरू नियुक्त गर्ने भन्दै आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही नभएको जवाफ दिए ।

उनले झालाई प्रतिप्रश्न गर्दै भने, ‘मुलुक चलाउनको लागि शक्तिशाली भनिएका देशले पनि ऋण लिन्छन्, हामीले पनि लिन्छौं । देशको स्थिति हामीले बुझेका छौं । गरिबीमा छ देश, आज यो दुईटा ठूला पार्टीको दुई तिहाइको सरकार बनेपछि यो आठ महिनामा देशको आर्थिक अवस्था जटिल ठाउँमा पुगेको हो ?’


प्रतिक्रिया

One thought on “मनिष झालाई ओलीको प्रतिप्रश्न- देशको आर्थिक अवस्था जटिल ठाउँमा यो आठ महिनामा पुगेको हो ? (भिडिओ)

  1. दिल्लीले ओलिको विरोध गर्न खटाएकालाई तथ्यमा आधारित हुनै पर्दैन । उसले त ओलिको विरोध गर्ने, त्यहि प्रमाण देखाएर हण्डी बुझ्ने काम गर्छ । यस्ता दलाललाई के जवाफ दिनु ? ओलिले देशलाई स्वर्गै बनाए पनि यस्ता दलालको काम भनेको विरोध मात्र गर्ने हो । मनिष झाले अलिकति पढेको छ भने भन् प्रचण्डले देशको अर्थतन्त्र, विकासलाई कसरी ध्वस्त बनाएको थियो र अहिले ओलि आएपछि अर्थतन्त्र र विकासमा कसरी सुधार भैरहेको छ भन्ने कुरा तथ्यमा आधारित भएर बोल् । दलाल भएर प्रश्न नउठा । ओलिजस्ता नेताको विरोध गर्ने कि त भ्रष्टाचारी, कमिशनखोर हुन्छ कि दिल्लीले ओलिको विरोध गर्न खटाएको दलाल हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर