त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ३९ को नतिजा सार्वजनिक, कसले कति जिते ? (सूचीसहित) – Nepal Press

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ३९ को नतिजा सार्वजनिक, कसले कति जिते ? (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियू निर्वाचनको आधिकारिक तथ्यांक विश्वविद्यालयसँग छैन । विद्यार्थी संगठनहरूले आ-आफ्नै दाबी प्रस्तुत गरिरहँदा ३९ वटा आंगिक क्याम्पसको भने आधिकारिक नतिजा सार्वजनिक भइसकेको छ ।

उपत्यकाका २२ र बाहिरका ४० क्याम्पसमध्ये ३९ वटा क्याम्पसमा निर्वाचन सम्पन्न भएर नतिजा आइसकेको छ ।

पद्मकन्या क्याम्पस बागबजारमा मतदान भइरहदा अन्य २१ क्याम्पसमा भने निर्वाचन स्थगित छ । तीमध्ये पृथ्वीनारायण क्याम्पस पोखरा र अमृत साइन्स क्याम्पस लैनचौर काठमाडौंमा निर्वाचन मिति तोकिएको छ । यसपटक क्रान्तिकारीले आंगिक क्याम्पसमा राम्रो नतिजा निकाल्दा प्राविधिक क्याम्पसमा स्वतन्त्र उम्मेदवारको दबदबा देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय आंगिकमा भएको स्ववियू निर्वाचनको ३९ वटाक्याम्पसको चुनावी नतिजा आउँदा नेविसंघ पहिलो भएको छ ।

कांग्रेस निकट नेविसंघले ३७ मध्ये १५ क्याम्पसमा जितेर पहिलो हुँदा एमालेनिकट अनेरास्ववियुले ११ र माओवादी निकट क्रान्तिकारीले ८ क्याम्पसमा जितेको छ । भने ४ क्याम्पसको स्ववियूको नेतृत्वमा स्वतन्त्र आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर