नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशन चैत ९ र १० मा


रुपन्देही । नेकपा एकीकृत समाजवादी रूपन्देहीको चैत ९ र १० गते हुने १० औं जिल्ला अधिवेशन हुने भएको छ । पार्टी जिल्ला कमिटीले विहीबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
२०७८ साल भदौं ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाविधेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशनमा होमिएको बताए ।
उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरु प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । उनले जिल्ला अधिवेशनका लागी रुपन्देही जिल्लाका ५ वटा निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधिहरु छनौट गर्ने काम सम्पन्न गरिएको बताए ।
उनले आफूहरु एमाले विद्रोहबाट आएकाले त्यसैको निरन्तरता भएकाले जिल्ला अधिवेशन १० औं भनिएको सेपष्ट पारे ।
अधिवेशन प्रतिनिधिहरुको छनौट गर्दा दलित तर्फ १० जन बराबर १, खुल्लातर्फ २० जना बरार १ र सबै क्लस्टरमा एक तिहाई महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाहरुको सहभागिताको सिद्धान्त अपनाईएको कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए ।
उनले आफूहरुले विधानको पूर्णतया पालना गरेको बताउँदै अधिवेशनलाई भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।
विधान अनुसार संघीय निर्वाचन क्षेत्र नं। १ बाट जम्मा ४६ जना, २ बाट ४३ जना, ३ बाट २१, ४ बाट ११ २५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधिहरु रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तत्यमा उल्लेख गरिएको छ ।
विधान बमोजिम जम्मा प्रतिनिधिको १० प्रतिशतले हुने १३ जना प्रतिनिधिहरु जिल्ला कमिटीले मनोनित गरी दशौं अधिवेशनमा सहभागी प्रतिनिधिहरुको जम्मा संख्या १४१ जना बनाईने जनाइएको छ ।
अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्दसत्र हुने र अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए । अध्यक्ष नेपाल विदेश भ्रमणमा भएकाले प्रमुख अतिथिको छलफलपछि टुंगो लगाइने उनले बताए ।