तेस्रो राष्ट्रिय सम्मेलनमा जुट्याे वाइसीएल, उपसमितिहरु गठन – Nepal Press

तेस्रो राष्ट्रिय सम्मेलनमा जुट्याे वाइसीएल, उपसमितिहरु गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालले तेस्रो राष्ट्रिय सम्मेलनको तयारी सुरु गरेको छ ।

जसका लागि प्रदेश बैठकदेखि विभिन्न उपसमितिहरु गठन गरिएको अध्यक्ष सुबोधराज शेर्पालीले जानकारी दिए । सम्मेलनको मूल व्यवस्थापन संगठनका अध्यक्ष शेर्पाली र केन्द्रीय सदस्यहरुले गर्नेछन् भने राजनैतिक तथा संगठन प्रतिवेदन उपसमितिमा अध्यक्ष शेर्पाली, महासचिव गणेश शाही लगायतले गर्नेछन् ।

संगठनात्मक कार्यविधि, निर्वाचन कार्यविधि र विधान संशोधन प्रस्ताव कार्यदलमा बरिस्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ क.कसम, मीन बहादुर घर्ति, ललित श्रेष्ठ लगायत छन् ।

त्यसैगरी, अतिथि व्यवस्थापन तथा समन्वय उपसमिति, स्वास्थ उपसमिति, अनुशासन तथा आचार संहिता अनुगमन समिति, निर्वाचन उपसमिति, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, स्वयंसेवक परिचालन लगायतका विभिन्न उपसमितिहरु बनाएर सम्मेलन भव्य रुपमा सफल पार्न लागिरहेको शेर्पालीले बताए । साथै बैठकबाट स्थानीय, जिल्ला तथा प्रदेशहरुको पनि बैठक मिति तय गरेर परिपत्र जारी गरेका छन् ।

त्यस्तै, वाइसीएलले राष्ट्रिय सम्मेलनको मूल नारा ‘उद्यमशिलता, नवप्रवर्द्धन र स्वरोजगारका लागि आजको युवा आन्दोलन । सुशासन, सामाजिक न्याय, नेपाल समृद्धि र सामाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ पनि तय गरेको छ ।

सुशासनको पक्षमा माओवादीले राखेको अडानले जनतामा गएको सकारात्मक सन्देश र कार्यकर्ताको उत्साहलाई शक्तिमा बदलेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन वाइसीएलको भूमिका महत्वपूर्ण रहेको र संगठनलाई थप मजबुत बनाउँदै अगाडि बढाउनुपर्ने अध्यक्ष शेर्पालीले बताए ।

उनले भने, ‘अबको वाइसीएल जहाँ युवा उभिन्छ त्यहाँ वाइसीएल देखिन्छ, जहाँ युवाहरूको मुद्दा ब्युतिन्छ त्यहाँ वाइसीएलको बलियो प्रतिबद्धता रहन्छ ।’

गत फागुन २७ गते अध्यक्ष शेर्पालीको अध्यक्षतामा बसेको बैठकले २०८२ जेठ १७ देखि १९ सम्म काठमाडौंमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । सम्मेलनमा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर