आठ महिनामा १३ खर्बको वैदेशिक व्यापार– ९ खर्ब ८७ अर्ब घाटा   – Nepal Press

आठ महिनामा १३ खर्बको वैदेशिक व्यापार– ९ खर्ब ८७ अर्ब घाटा  

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १३ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । गत आवको सोही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

यस अवधिमा नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ९ खर्ब २९ अर्ब ५२ करोड बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा निर्यात ५७.२० प्रतिशतले बढेको हो ।

भन्सार विभागका अनुसार चालू आवको आठ महिनामा एक खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशत बढी हो । त्यसबेला एक खर्ब ६१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

चालू आवको आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११.२० प्रतिशत बढी हो । सो अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर