रुपन्देहीमा अर्काको नाममा एसइई दिने विद्यार्थी पक्राउ – Nepal Press

रुपन्देहीमा अर्काको नाममा एसइई दिने विद्यार्थी पक्राउ

रुपन्देही । रूपन्देहीको भैरहवास्थित लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा संचालित एसइई परीक्षामा अरुको नाममा परीक्षा दिएका विद्यार्थी पक्राउ परेका छन् । निरीक्षणका क्रममा नक्कली विद्यार्थी फेला परेपछि पक्राउ परेका हुन् ।

एसइई उत्तीर्ण भइसकेका ओमसतिया ८ का आशिष बनियाले सोही स्थानका सन्जय चौधरीको नाममा परीक्षा दिन आएको सिद्धार्थ नगरनगरपालिका वडा नं ८ मा रहेको लीलाराम न्यौपाने माविका परीक्षा निरीक्षक अब्दुल रहमान खानले बताए ।

सन्जय चौधरी विद्यार्थी सु—संस्कृत माविका विद्यार्थी हुन् उनको नाममा परीक्षा दिन आएका बनिया गतसाल पास भएका अहिले ११ कक्षामा तिलोत्तमास्थित शान्तिनमुना माविमा अध्ययन गरिरहेको परीक्षा निरीक्षक अब्दुल रहमान खानले बताए ।

उसको परीक्षा पनि रद्द हुने र परीक्षा दिने र गराउनेलाई कानुनअनुसार कारबाही हुने खानले बताए । लीलाराम न्यौपाने माध्यमिक विद्यालयका केन्द्राध्यक्ष रुपकुमार रायमाझीले खोजतलासका क्रममा नक्कली विद्यार्थी ठहर भएको बताए । आवश्यक कारबाहीका लागि रास्ट्रिय परिक्षा केन्द्र र जिल्ला प्रहरीलाई जानकारी गराइएको हाल नक्कली विद्यार्थी प्रहरीले पक्राउ गरेको रायमाझीले बताए ।

नक्कली परीक्षा दिने विद्यार्थी आसिस बनिया हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नियन्त्रणमा रहेका छन् । उनलाई शिक्षा ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । जिल्ला शिक्षा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले एकजना नक्कली परीक्षार्थी भेटिएको र रूपन्देही जिल्लाका अन्यत्र स्थानमा शान्तिपूर्ण ढङ्गले परीक्षा चलिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर