पद्मकन्या क्याम्पसमा १५९६ मत खस्यो, साँझ ६ बजेदेखि गणना थाल्ने तयारी – Nepal Press

पद्मकन्या क्याम्पसमा १५९६ मत खस्यो, साँझ ६ बजेदेखि गणना थाल्ने तयारी

काठमाडौं । पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनका लागि भएको मतदान सकिएको छ। चैत ५ गतेका लागि तय भएको निर्वाचन विवादका कारण आजलाई सरेको थियो।

६ हजार २०३ मतदाता रहेको क्याम्पसमा १५ सय ९६ मत खसेको छ। सर्वदलीय बैठकपछि साँझ ६ बजेदेखि गणना थाल्ने तयारी छ।

नेविसंघबाट पुर्णिमाया परियार र भूपी ऐरका दुई प्यानल छन् भने अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सुनिता घिमिरे सभापतिको उम्मेदवार छिन् उनी अनेरास्ववियुकी उम्मेदवार हुन्।

त्यहाँ नेकपा एस निकट अनेरास्ववियू र विप्लव निकट नेकपाको अलग्गै प्यानल छ। उनीहरुले अनेरास्ववियूको प्रजिना दर्नाललाई उम्मेदवार बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर