गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै प्रचण्डले भने- म प्रति देखाउनुभएको भरोसा कहिल्यै बिर्सने छैन – Nepal Press

गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै प्रचण्डले भने- म प्रति देखाउनुभएको भरोसा कहिल्यै बिर्सने छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूप्रति दिएको भरोसा कहिल्यै नबिर्सने बताएका छन् ।

नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता रुपमा कोइरालालाई १५ औं स्मृति दिवसको अवसरमा प्रचण्डले सम्झिएका छन् ।

उनले कोइरालासँगको फोटो फेशबुकमा राख्दै लेखेका छन्, ‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन । त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।’

तत्कालीन प्रधानमन्त्री कोइराला र माओवादीका अध्यक्ष प्रचण्डले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तस्बिर: शान्ति सम्झाैतामा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद काेइराला र माओवादीका अध्यक्ष प्रचण्ड।

 


प्रतिक्रिया

4 thoughts on “गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै प्रचण्डले भने- म प्रति देखाउनुभएको भरोसा कहिल्यै बिर्सने छैन

  1. तिमीलाई भरोसा गरेको होईन गिरीजाले । तिमीले मान्छे मार्ने काम छोडछु, जनताको घरको सामान चोर्न छोडछु, बैंक लुटन छोडछु, लुटेको पैसा व्यापारी मार्फत विदेश लैजान छोडछु भन्ने बाचा गरेकाले ल गरिखा न त लोकतन्त्रमा भनेर छुट दिएको हो ।

  2. Girija prasad 1 No. Selfish leader ho. 046 ko change paxi ko multy party democracy damage garne leader ho Girija prasad. Prachand 1 No. Dalal bidesiko agent ho. So 2 janako aafno aafno personal interest meleko matra ho. Nepal & nepali le kei pako khako lako xaina.

  3. के देखियो भने :
    १. प्रचण्डले यो र यस्तो गीत (गिरिजाले गरेको भरोसा, शान्ति सम्झौताको एक मात्र जीवित हस्ताक्षर कर्ता, सान्ति प्रक्रियाका बाकि काम …..) गाइ रहेर दिन र समय कटाउने र दुनियाँ ढाट्ने काम चालु छ !!
    २. यस्तो प्रवृत्तिका मान्छे : समस्या देखाउछन तर समाधान गर्न चाहदैनन् किन भने त्यो देखाएर फेरी अर्को चुनावमा आफ्नु महत्व देखाउनु छ र आशे मतदातालाई भुल्याउनु छ !! नत्र ६ महिनामा सक्ने भनिएको द्वन्द ब्येवस्थापनको काम २०७२ साल देखि अहिले सम्म कत्ति वर्ष भयो : किन आफै प्रयास नगरेको अनि गरेको प्रयासलाई किन असहयोग गरेको: टारेको र असफल पारेको ??
    ३. अझ प्रस्ट रुपमा, अहिले TRC सम्पन्न गरेर द्वन्दको सम्पूर्ण समाधान खोज्न प्रधानमन्त्रिले गरेको प्रयासलाई किन टारेको : सन्चो नभएको रे ?? बिसन्चो भनेको के ? के भयो, कुन रोग लाग्यो, कुन हस्पिटलमा कुन कुन औषधी खाएर कत्ति भयो बसेको ?? एउटा प्रचण्ड त तराइ तिर बुर्कुसी मारेको जस्तो देखिन्छ : छल कपट हैन र यो ? आखि अगाडी दुनिया ढाट्ने : कस्तो प्रबृत्ति हौ ??
    ४. यो जनता झुक्याउने अनि समस्या समाधान गरेर अग्रगतिमा जाने बाटो रोक्ने काम बन्द गर प्रचण्ड !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर