नाबालिगसँग लिभिङ टुगेदरमा बस्दा पक्राउ परेका युवक शौचालयबाट हाम्फालेर भागे – Nepal Press

नाबालिगसँग लिभिङ टुगेदरमा बस्दा पक्राउ परेका युवक शौचालयबाट हाम्फालेर भागे

ललितपुर । प्रहरी वृत्त, सातदोबाटोको नियन्त्रणमा रहेका बलात्कार आराेपित फरार भएको २४ घण्टाभन्दा बढी भइसक्यो, फेला परेका छैनन् ।

१९ दिनअघि लिभिङ टुगेदरमा रहेकी युवतीले आफूमाथि जबर्जस्ती करणी भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि अछाम घर भएका १८ वर्षीय दिपक साउद पक्राउ परेका थिए । त्यहीँकी एक नावालिकासँग उनी लिभिङ टुगेदरका रुपमा सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए ।

हिरासतमा राखिएको १८ औं दिन बुधबार ज्वरो र पखाला लागेपछि उनलाई प्रहरीले उपचारका लागि लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

हत्कडी बाधेकै अवस्थामा साउदले शौचालय जानका निम्ति प्रहरीसँग अनुरोध गरेका थिए । शौचालयकै झ्यालबाट उनी हाम्फालेर भागेको एसएसपी अधिकारीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर