एमालेको आन्दोलनप्रति शाही- स्वर्गबाट मदन भण्डारीले देख्नुभयो भने के भन्नुहोला ? – Nepal Press

एमालेको आन्दोलनप्रति शाही- स्वर्गबाट मदन भण्डारीले देख्नुभयो भने के भन्नुहोला ?

काठमाडाैं । सत्तारूढ दल नेकपा एमालेले राजावादी सक्रिय भएको भन्दै चैत ११ गतेदेखि शृङ्खलाबद्ध रूपमा आन्दोलनको घोषणा गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ज्ञानेन्द्र शाहीले भने यसलाई ‘हरिबिजोग’को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा व्यङ्ग्य गर्दै शाहीले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ,आफैं सरकारमा आफैँ आन्दोलन गर्ने ? आन्दोलन चाहिँ कसका लागि गर्ने ? स्वर्गबाट मदन भण्डारीले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला ?’

 


प्रतिक्रिया

2 thoughts on “एमालेको आन्दोलनप्रति शाही- स्वर्गबाट मदन भण्डारीले देख्नुभयो भने के भन्नुहोला ?

  1. एमालेको आन्दोलन ज्ञानेन्द्र शाहीजस्ता अराजक र दासहरूको विरूद्व हो । राजाको खुट्टा मलेर खाउँला भन्दै हिडने, दिल्लीको दासलाई सवक सिकाउन हो एमालेको आन्दोलन । हावादारी कुरा गर्ने, अनपढ , गवारहरूको विरूद्व हो । जसको कामै एमाले र ओलि विरूद्व बीस बमन गर्ने मात्र छ उसको विरूद्व हो एमालेको आन्दोलन । जसले ओलिजस्ता महान नेताको विरोध गर्छ कि त त्यो भ्रष्टाचारी, तस्कर हो कि चाहिँ दिल्लीको भाडाको टट्टु हो । स्वाभिमान र सम्वृद्विका नायक ओलि विरूद्व बोल्नेहरू विरूद्व हो आन्दोलन , बुझिस् पाखण्डी, दास ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर